काठमाडौं, जेठ १६ गते । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्।
मेयर भएपछि शाहले पहिलो पटक प्रधानसेनापति शर्मासँगै भेट गरेका हुन्। मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन्।
भेटमा मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका छन्। प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।
आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य समेत गरिने कुरा भएको बताइएको छ।
बालेन शाहको उदयबारे कांग्रेस नेताले गरे यस्तो खुलासा (अन्तरवार्ता)
पाण्डेसँगै माल्भिका सुब्बामाथि अनुसन्धान हुनसक्छ : कानूनविद्
प्रतिक्रिया