काठमाडौं, १८ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले कालिमाटी तरकारी बजार व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। नेता जोशीले ४ बुँदे सुझाव दिँदै कालीमाटी तरकारी तथा फलफूल बजारलाई तत्काल व्यवस्थित गरेर कोरोना भाइरसको संक्रमणको जोखिम नहुने उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘कालीमाटी तरकारी बजारमा देखिएको भीडले अत्तालिनुपर्ने स्थिति सिर्जना…