काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ । अस्पतालले बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै उनको प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको बताएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले ओलीको भिटल तथा ल्याब सूचकहरु सामान्य अवस्थामा रहेको जानकारी दिए । यस्तै उनलाई आजदेखि तरल…