रुपेश अधिकारी, युएई, १ वैशाख – तीन वर्षअघिसम्म अबुधाबीस्थित नेपाली दूताबासमा मेसिन रिडेबल पासपोर्टका लागि आवेदन दिनेहरुको भीड हुने गर्थ्यो। अहिले दूताबासमा सेवाग्राहीको भीड केही कम भएको छ। तर, कर्मचारीलाई कामको चाप उतिकै छ। आजभोलि दूताबासमा विभिन्न विषयका सूचना लिनेहरुको संख्या बढ्दो छ। सामान्य विषयको सूचना लिन दूताबास पुग्ने सेवाग्राहीलाई प्रविधिले सहज बनाएको छ। दूताबासले यहाँ कार्यरत…