स्पेन, (एजेन्सी) - कोरोना भाइरस कोभिड-१९ बाट स्पेनमा एक राजकीय सदस्यको निधन भएको छ। स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसकै कारण निधन भएको हो। टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको निधन भएको पुष्टि गरेका हुन्। युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्।…