काठमाडौं, २१ वैशाख – नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरासँग असन्तुष्ट पक्षले बोलाएको केन्द्रीय समितिको बैठक रोक्न कांग्रेस केन्द्रीय समितिले निर्देशन दिएको छ। नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बोलाएको बैठक रोक्न केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अर्को निर्देशन प्राप्त नहुन्जेलसम्म लागि कुनैपनि बैठकको आयोजना नगर्न निर्देशन दिएका हुन्। बिहीबार चलेको बैठकको बीचमा बैठक रोक्ने आदेशात्मक पत्र आएको…