अरुण बाँस्तोला नौ महिना कठिन गर्भमा राखी जन्मायौ तिमीले लोइ लोइ बाबु भन्दै क ख रा सिकायौ तिमीले। हातका औँला समाइ संसार टेकायौ तिमीले, पौरखी मन, यो सुन्दर विश्व देखायौ तिमीले। तिम्रा ती झुत्रा गुन्यु र चोली तिम्रो त्यो स्पर्श, भुल्न कहाँ सक्थेँ र मेरीआमा अतीतका ती वर्ष। दिनभरि झरी अर्काको काम फर्केर साँझमा, बाबु…