काठमाडौं, १ असार – नेपाली कांग्रेसले सुर्खेतस्थित जिल्ला पार्टी कार्यालयमा प्रहरी नै प्रवेश गरेर भएको आक्रमणप्रति गम्भीर अापत्ति जनाएको छ। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी निरन्तर भएको मूल्यवृद्धिका विरुद्ध विद्यार्थीले गरेको प्रदर्शनपछि कांग्रेस सुर्खेतको जिल्ला पार्टी कार्यालयमा प्रहरी प्रवेश गरी आक्रमण र धरपकड गरेकोप्रति भर्त्सना गरका हुन्। प्रवक्ता शर्माले घटनाको विरोध गर्दै…