काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विचार र कार्यशैलीमा तुलनात्मक रुपमा नजीक संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी, नेकपा (क्रान्तिकारी–माओवादी) लगायत पार्टीसँग एकताका लागि अनौपचारिक वार्ता शुरु गरेको छ। विकास, समृद्धि, सुशासन र समाजवादोन्मुख लक्ष्यमा केन्द्रित हुँदै दुई तिहाइको सरकार बनाएको नेकपाले पार्टीलाई क्रमशः बृहत् बनाएर राष्ट्र निर्माणमा एकीकृत हुन पहल गरिरहेको छ।…