काठमाडौं, जेठ २५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल डिजिटल रुपान्तरणको संघारमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनद्वारा अफ्रिकी देश रुवाण्डामा आयोजित विश्व दूरसञ्चार विकास सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले नेपालमा पनि डिजिटल रुपान्तरणको आधारशिला तयारी भएको बताएका हुन् । नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क–२०७६ लागू गरेको बताउँदै मन्त्री कार्कीले…