काठमाडौं, ३ जेठ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताका बारेमा केन्द्रीय समितिको बैठकलाई जानकारी गराउनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले केन्द्रीय समितिको अन्तिम बैठकमा अध्यक्ष ओलीले ऐतिहासिक आवश्यकता र जनचाहनाबमोजिम दुई पार्टीको बीचमा एकता भएको बताउनुभएको थियो। उहाँले टुटफुटको विगतको इतिहासलाई समेत आफूहरुले नजिकबाट नियालेको र…