काठमाडाैं, ६ वैशाख – सरकारको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानमा साथसाथै हिँड्ने निर्णय अनुसार नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरूले पनि विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरूलार्इ स्कूल जाने व्यवस्था गर्न लागिरहेका छन्। अनेरास्ववियु नेतृत्वले संविधानमा व्यवस्था भएअनुसार सम्पूर्ण नेपालीले शिक्षा पाउनुपर्ने मौलिक अधिकारको आत्मसात गर्दै सरकारले थालेको विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियानलाई सफल बनाउने…