काठमाडौं, वैशाख २१ गते। नेपाल उद्योग वाणिज्य महासंघ एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छाले नेपालमा राजस्वमुखी नीतिका कारण आयात बढेको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज सेजनले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अन्तक्रिर्यामा बोल्दै गोल्छाले अर्थतन्त्र कस्तो बनाउने भन्ने भूमिका नियामक निकायको भएको बताए । सोही कारण यसमा निजी क्षेत्रको भूमिका नरहने उनको…