काठमाडौं -रामेछापको दुर्गममा अवस्थित सरकारी स्कुलमा पढेको एक सामान्य किसानको छोरो अहिले नेपाली जनताको मनमुटुमा बास बस्न सफल भएका छन् । घिसिङ नेतृत्वमा आइसकेपछि प्राधिकरणले देशैभरि विद्युत् चोरी नियन्त्रणका लागि अभियान नै चलायो । बिजुलीका नाङ्गा तारमा हुकिङ गरेर घरमा हुने चोरी मात्र होइन, ठूला व्यावसायिक उपभोक्तासँग प्राधिकरणका कर्मचारीको मिलेमतोमा चोरी भइरहेको घिसिङले सुइँको पाए…