काठमाडौं – संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले पार्टीको पुस्तान्तरणसँगै रुपान्तरणको प्रक्रिया शुरु हुने बताएका छन् । एशिया सञ्चारसँगको विशेष कुराकानीमा नेता कर्णले पहिलो पुस्ताको पार्टी नेतृत्वले सम्मानजनक स्थान ग्रहण गर्दै दोश्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका हुन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका कर्णले अब नेपाली कांग्रेसलाई नयाँ सोच र…