काठमाडौं, २२ असार – विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ३० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १ सय ६८ वटा गाडी र ३ सय ६२ वटा मोटरसाइकल रहेका छन्। नियन्त्रणमा लिएका सवारीसाधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ। साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको…