काठमाडौं, १० असार – काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८।०७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। काठमाडौं महानगरपालिका नगरसभाको नवौं अधिवेशनमा बजेट प्रस्तुत गरिएको हो। उपप्रमुख हरिप्रभा खड्गीले ‘सांस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन्। बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५…