‘विपुल दाइका बारेमा केई लेख्दैनस् बे…!’ त्यसले फेरि सिकाउन छोडेन। सायद कहिलै छोड्दैन। ‘केई फिलिङ्स छैन…।’ सायद उता उसको हातमा पनि थियो, यता मेरो घाँटीमा चियाको घुट्कोले पोल्यो। उ लामो हाँसो हाँस्यो। त्यो हाम्रो पत्रकारिताको एउटा ‘नोस्टाल्जिक’ फिचर थियो– ‘भक्कानिए… भक्कानिइन्…’ वाला स्टाइल। हाम्रा फिचरका पात्रहरू। दु:खले रापिएका पात्रहरू। हामीले कुद्ने अक्षरहरूमा अहिले पनि त्यस्तै…