काठमाडौं, असार १३ गते । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिना शल्यक्रिया पेटमा अड्किएको चम्चा निकालेका छन्। नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले बिना शल्यक्रिया इण्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा निकालेका हुन्। काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर निलेको चम्चालाई बिना शल्यक्रिया र बिना कुनै चोट…