फाइल तस्वीर। काठमाडौं, ३० भदौ – कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु पुष्टि भएको छ। यो सोमबार अपरान्हसम्मको तथ्यांक हो। काठमाडौंमा ६, भक्तपुरमा २, कपिलवस्तुमा २ र रुपन्देहीमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका हुन्। त्यसैगरी, ललितपुरमा १, रामेछापमा १, गोरखामा १, नवलपरासीमा १, सिरहामा १, पर्सामा…