काठमाडौं, ६ भदौ - पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १ सय ४६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्रै…