काठमाडौं ४ भदौ – उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधबार मध्यरातदेखि निषेधाज्ञा जारी भएको छ। निषेधाज्ञाको प्रभाव बिहानैदेखि परेको छ। बजार पसल बन्द छन्। अत्यावश्यकबाहेक अन्य सवारीसाधन चलेका छैनन्। प्रहरीले मुख्य चोकहरू नयाँ बानेश्वर, अनामनगर, कलंकी, गौशाला, महाराजगञ्ज, कोटेश्वर, पुतलीसडक, दरबारमार्ग, बागबजार लगायतमा खुलेका पसल बन्द गराएको छ। त्यसैगरी, ललितपुरका सानेपा, जावलाखेल, पुलचोकसहित…