काठमाडौं, १३ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि तत्कालै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन्। शिक्षामन्त्री पोखरेलले विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने बताएका हुन्। ‘शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा स्थिति हेरेर सञ्चालन गर्ने विषयमा निर्णय लिइने छ,’ पोखरेलले भने। सत्तारुढ नेपाल कम्युनिस्ट…