अतीत अधिकारी – मैले झोलाभरि संघर्ष बोकेको छु यसर्थ मेरो झोला अलि अजीव देखिन्छ जब म मातृमुलबाट टुसाउँदै थिएँ त्यसै दिनदेखि नै मैले झोला बोकेको हुँ। म जन्मँदाखेरिका राहु र केतुका प्रतिच्छेदित बिन्दुहरु नक्षत्रहरुका निलौँ रेडिएशन र तरङ्गहरु झोला भरि–भरि बोकेर आएको हुँ एक भगण पूर्तिकालबाट अर्को भगण पूर्तिकालसम्मको मध्यान्तरमा नै मैले झोला बोकेको हो।…