काठमाडौं, साउन १९ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सप्तकोसीको ढोका खोल्न कूटनीतिक तवरले कार्य गर्न सरकारसँग माग गरेको छ । अध्यक्ष सुनिता बरालले बिहीबार एक विज्ञप्ति जारी गरी सुनसरीको बराह क्षेत्र र उदयपुरको बेलका नगरपालिकाका दुई हजारभन्दा बढी घरपरिवार विस्थापित बनाएकोप्रति स्तब्ध बनेको उल्लेख गर्दै उद्दार र राहतका लागि यथाशीघ्र…