काठमाडाैं – नेपाली कांग्रेसले एक भिडियो विज्ञप्ति जारी गरी सरकारसँग शान्ति सुरक्षाका सवालमा जवाफ मागेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी ओलीसँग शान्ति सुरक्षाका विषयमा जवाफ मागेका हुन्। ‘उपनिर्वाचन सरकारलाई सच्याउन मतदाताका लागि महत्वपूर्ण अवसर रहेकोे अपिल हामी गरिरहेका छौं, त्यसैले मंसिर १४ को मिति नजिक आइरहँदा एकातर्फ हामी नेपाली कांग्रेसलाई मत…