काठमाडौं, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)का महासचिव शहिदुल इस्लामले आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्। भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीयस्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनु पर्ने बताएका छन्। ओलीले विमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए।…