मदन गिरी, महेन्द्रनगर, १२ जेठ – सुदूरपश्चिमाञ्चल विश्वविद्यालय स्थानपना भएको ८ वर्ष बितिसक्दा पनि पाठ्यक्रम विकास केन्द्रको स्थापना हुन सकेको छैन। विश्वविद्यालयमा पाठ्यक्रम विकास केन्द्र नहुँदा विषय विज्ञको समितिमार्फत पाठ्यक्रम निर्माण भइरहेको छ। साथै विश्वविद्यालका विभिन्न संकायमा संकाय बोर्डका पनि स्थापना हुन सकेको छैन। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रशासक गोविन्दबल्लभ पन्तले विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र स्थापना गर्न नसकिएको…