शान्तिराम नेपाल, ताप्लेजुङ, ४ भदौ – सुदूरपूर्वी पहाडी जिल्ला ताप्लेजुङ कोरोनामुक्त जिल्ला भएको छ। ताप्लेजुङ कोरोनामुक्त जिल्ला भएको यो दोश्रो पटक हो। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका घर भएका एक पुरुषलाई कोरोना पोजिटिभ देखिएको थियो। तर, दोश्रो पटकको पोलिमर्स चेन रियाक्सन (पिसिआर) परीक्षण गर्दा कोरोना नेगेटिभ आएको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले ती युवाको आरटी…