काठमाडौं, ११ मंसिर – केही कमाउने र परिवारलाई खुशी दिने उद्देश्यका साथ वि.सं. २०६२ सालमा मलेशिया गएका थिए, ताप्लेजुङको सिरिजंघा–२ आम्बेगुदिनका केवलप्रसाद बानियाँ। मलेशियामा राम्रै दैनिकी गुजार्दै थिए। समय अनुकूल थियो। बेला–बेलामा घरमा पैसा पनि पठाउँथे उनी। सबै कुरा राम्रै थियो। अझ भनौँ हिसावकिताव पनि राम्रै चल्दैथियो। तर, समय सधैँ एकैनासको हुँदैनरहेछ। उनले पनि यस्तै…