प्रकाश दाहाल, झापा, १५ असोज – बझाङमा बलात्कारपछि हत्या भएकी सम्झना कामीलाई श्रद्धाञ्जलि अर्पण गर्दै न्यायका निम्ति झापाको बिर्तामोडमा बृहत प्रदर्शन भएको छ। बिर्तामोडस्थित मुक्तिचोकमा भेला भएका युवाहरूले सम्झनाप्रति श्रद्धासुमन अर्पण गर्दै हत्यामा संलग्नलाई कानूनी कारबाहीको माग गरेका हुन्। सामाजिक अभियन्ता नारायण कडरियाका अनुसार १३ वर्षीया सम्झना कामीको हत्यारालाई कडा सजायको माग गर्दै प्रदर्शन र…